२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

छोराले चिर्पट हान्दा महासेठको मृत्यु


१९८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • २८ वैशाख, काठमाडौं । धनुषामा छोराले चिर्पट प्रहार गर्दा बाबुको ज्यान गएको छ । छोराको चिर्पटप्रहारबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको मृत्यु भएको हो ।

    घरायसी विवादका क्रममा ३० वर्षीय छोरा नरेश महासेठले मंगलबार बुबा जोगी महासेठमाथि दाउराको चिर्पट प्रहार गरेका थिए । छोरोको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका जोगीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। चिर्पट प्रहार गर्ने नरेशको खोजी कार्य जारी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार