२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

खुकुरी प्रहार गरी प्रअको हत्या


१७८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • २८ वैशाख, धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । गङ्गा–जमुना एकेडेमीका प्रअ ३० वर्षीय यमबहादुर गुरुङको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छिमेकी ३१ वर्षीय भीमसेन बुढाथोकीलाई आइतबार गिरफ्तार गरेको छ ।

    विद्यालय बिदा भएकाले गुरुङ घरमै थिए । शनिबार भारी बोकेर घरबाट मिलमा जान लागेका बेला उनलाई बुढाथोकीले खुकुरी प्रहार गरेका थिए । बुढाथोकीको खुकुरी प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि धादिङबेँसी लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए । आरोपित बुढाथोकी प्रहरीको हिरासतमा छन् । उनलाई कर्तव्य ज्यान मुद्दा लगाइएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार