२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना सक्रमितको संख्या नेपालमा १२० पुग्यो


१९७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं : कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडा का १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० जनामध्ये ९ जना १८ देखि ३४ वर्षीय पुरुषहरु छन् । एक जनाको भनेर उमेर खुलेको छैन ।

    नेपालमा हालसम्म संक्रमण देखिएका १२० जनामध्ये ३३ जना उपचारपछि निको भएर घर फर्केका छन् । अन्यको विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार