२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काठमाडौमा मोदीको पुत्ला दहन


१९८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । भारतीय अतिक्रमणविरुद्ध विभिन्न दलसम्बद्ध भ्रातृ संगठनका नेता कार्यकर्ता सडकमा प्रदर्शनमा उत्रिएका हुन् ।

    सोमबार माइतीघर–बबरमहल क्षेत्रबाट ३० जना जति प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले नवसंकेत अनलाईनलाई जानकारी दिए ।

    सोमबार प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । शुक्रबार भारतले .लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्गको उद्घाटन गरेसँगै सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार