२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कपिलबस्तुलाई आजबाट सिल गरीयो


१९८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु प्रशासनले आजै (सोमबार) साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जरुरी सूचना प्रकाशित गर्दै जेठ ५ गतेसम्म जिल्लालाई सिल गर्ने निर्णय गरिएको बताएको हो ।

    सरकारले जारी गरेको लकडाउन पनि जेठ ५ गते समाप्त हुँदैछ । कपिलवस्तुमा सोमबारमात्रै १० जनामा संक्रमण पुष्टि भएको छ । प्रशासनको निर्णयअनुसार अत्यावश्यकबाहेक सेवाका सवारीसाधन जिल्लामा चल्न पाउने छैनन् । मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ । खाद्यान्न र तरकारी किन्नका लागि बिहान ७ देखि ९ बजेसम्मको समय दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार