२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

करेन्ट लागेर दुईको मृत्यु


२८४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • २९ वैशाख, काठमाडौं । सर्लाही र सुनसरीमा करेन्ट लागेर सोमबार दुई जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-१ नन्देश्वरी बस्ने ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । सोही ठाउँस्थित सामुदायिक वनमा घाँस काटन रुखमा चढेको अवस्थामा हाइटेक पावरको तारमा छुन गई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका गोलेको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै सुनसरीमा करेन्टको प्रयोग गरी माछा मार्ने क्रममा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ३५ वर्षीय बिष्णु चौधरी रहेका छन् । घर नजिकैको खोल्सामा करेन्ट लगाई माछामार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु प्रहरीले जनाएको छ । दुवै घटनाको बारेमा स्थानीय प्रहरी प्रशासनले आवश्यक अनुसन्धान गरिरहेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार