२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भिरबाट लडेर युवतीको मृत्यु


२१८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २९, सोमबार मा प्रकाशित ४ साल अघि
  • २९ वैशाख, काठमाडौं । स्याङजामा भिरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुतलिबजार नगरपालिका-१२ पेल्काचौर बस्ने २२ वर्षीया सुष्‍मा मल्ल रहेकी छन् ।

    आफ्नै घरबाट अन्दाजी ३ किलोमिटर टाढा रहेको बग्रे भिरमा सोमबार बिहान घाँस काट्ने क्रममा लडेर उनी गम्भीर घाइते भएकी थिइन् । जिल्ला अस्पताल स्याङजामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार