२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

कोरोना संक्रमितको संख्या बढेपछि जारी भयो निषेधाज्ञा


१६४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • (बारा) — बारा जिल्लामा संक्रमित हुनेको संख्या तीन पुगेसँगै केही दिनयता खुकुलो पारिएको लकडाउनमा पुनः कडाई गरिएको छ । साथै जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजे देखि अनिश्चितकालका लागि जिल्लाभर निषेधाज्ञा समेत जारी गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितकाअनुसार बारा–पर्सा आउजाउमा पूर्ण निषेध गरिएको छ । साथै हालसम्म जारी गरिएका हस्तलिखित र अनलाइन सबै पास (गम्भीर बिरामीको पासबाहेक) बुधबारदेखि लागु हुने गरी रद्द गरिएको उनले बताए । अत्यावश्यक ढुवानी र पसल सञ्चालनबाहेक आयोजनाहरुको विकास निर्माण र उद्योगहरुमा वीरगन्जका मजदुरलाई काममा नलगाउनसमेत प्रजिअले निर्देशन दिएका छन् ।

    जिल्लाको पारि भारतीय गाउँहरुमासमेत संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारतबाट बारा आउनुपर्ने ३२ जना उतै रोकिएका छन् । यस्तै, बाराको विश्रापुर गाउँपालिका–४ बलिरामपुरका १४ वर्षीय किशोर वीरगन्जबाट नै कोराना संक्रमित भएको खुलेको छ । वीरगन्ज–१६ इनर्वामा उनले खाना पकाउने ग्यास पसल सञ्चालन गर्दै आएका थिए । बलिरामपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगदीश यादवकाअनुसार बलिरामपुरबाट २ किमीको दुरीमा रहेको पसलमा उनी (संक्रमति किशोर) दिनहुँ घरबाट आउजाउ गरिरहेका थिए ।

    वीरगन्ज–१६ का एक ५५ वर्षीयमा कोरोना पुष्टि भएपछि किशोर र उनको बुवाको कन्टयाक्ट ट्रेसिङको आधारमा परिक्षण गरिएको थियो । परिक्षणमा किशोरको बुवाको निगेटिभ र किशोरको पोजेटिभ रिपोर्ट देखिएको उनले बताए । मंगलबार पुष्टि भएको ३९ संक्रमितमध्येका ती किशोरका आमा र दुई भाईसहितलाई क्वारेन्टाइन लगिने तयारी भइरहेको उनले जानकारी दिए । प्रहरीले संक्रमित किशोरको बसोबास रहेको टोललाई सिल गरेको छ ।

    यसैगरी भारत जाने ७७ जना नेपालमै रोकिएको जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले बताए । एकातिर कोरोनाबाट संक्रमितको संख्या बढ्दै जानु र अर्कोतिर परिक्षण सुस्त हुनुसँगै लकडाउनमा कडाई नगरिएपछि कोरोनाको उच्च जोखिममा रहेका यस क्षेत्रका सर्वसाधारणहरुमा त्रास बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार