२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काठमाडौको टिचिङ्का डाक्टर तथा नर्सलाई क्वारेन्टाईनमा राखिने


२९४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- त्रिवि शिक्षण अस्पताल ( टिचिङ) मा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि बालिकाको सम्पर्कमा आएका डाक्टर तथा नर्सहरुको खोजी कार्य सुरू भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेका अनुसार बालिकामा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका डाक्टर तथा नर्सको खोजी कार्य शुरू भएको हो ।

    महाशाखाले बालिकाको सम्पर्कमा भएका डाक्टर तथा नर्सको पहिचान गर्न टोली बिहानैदेखि परिचालन गरिसकेको डा पाण्डेले बताए । उनले नवसंकेत अनलाईनसंग भने, ‘बिहान ९ बजे नै हाम्रो टोली कन्ट्रयाक ट्रेसिङका लागि टिचिङ गइसकेको थियो । त्यहा कन्ट्रयाक ट्रेसिङको काम भइसकेको छ । अब कपिलवस्तुमा उनको घर वरपरका स्थानीयमा कन्ट्रयाक ट्रेसिङको काम बाँकी छ ।

    डा पाण्डेका अनुसार बालिकाको सम्पर्कमा रहेका डाक्टर र नर्सलाई सम्पर्कमा ल्याएर क्वारेन्टाइमा राख्ने तयारी भइरहेको छ । अस्पतालमा उपचारको क्रममा बालिकाको सम्पर्कमा आएका डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिने डा पाण्डेले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार