२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

घर भाडामा बस्नेलाई घरप्रवेषमा रोक -स्थानिय तहको निर्णय सहित


४१३३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित ५ साल अघि
  • ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा विदेशबाट फर्किआएका व्यक्तिरुलाई प्रवेश निषेध गरिएको छ । वडा अध्यक्ष हिटलर शाक्यले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

    वडा अध्यक्ष शाक्यले विदेशबाट फर्किआएका व्यक्तिहरुलाई र विभिन्न कारणले घर गएका भाडावालहरुलाई घरधनीहरुले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गर्न गराउन आग्रह गरेका छन् ।
    वडाका घरधनीहरुले सूचना लुकाई प्रवेश दिए त्यस्ता घरमा ताला लगाई शिल गर्ने तथा क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले व्यहोर्नुपर्ने बताइएको छ । त्यस्तै, संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
    त्यस्तै, वडाभित्रका टोल सुधार समिति, संघ संस्थाहरुलाई आ–आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावतलाई रोक्न, टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसलहरु तोकिएको समयमा मात्र सामाजिक दुरी कायम गरी सञ्चालन गराउन तथा संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ–आफ्नो टोलहरुलाई शिल गर्न अनुरोध गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार