२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे क्रीस्चियन समुदायले बाढ्याे पिपिई र मास्क


२२५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • शुसिलराज गिरी

    काभ्रे, बैशाख ३१ गते । काभ्रे क्रीस्चियन समुदायले स्थानीय तहहरुमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र मास्क वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लाका स्थानीय तहहरु मार्फत स्वास्थ्यकर्मीहरुलाई पिपिई , माक्स ,पन्जा र केही स्वास्थ सामग्री वितरण गरेको हो ।

    काभ्रे क्रीस्चियन समुदाय का अध्यक्ष रुबेन राना र क्रीस्चियन ब्यबसायिक समूह काे पहल मा स्थानीय क्रीस्चियन समुदाय का पादरीहरु काे उपस्थिती मा काभ्रे काे स्थानीय तह पनौती, धुलिखेल, पाँचखाल र भुम्लु गाउँपालिकामा पिपिई सेट र माक्स वितरण गरेको छ । बाँकी रहेका अन्य स्थानीय तहलाई केही दिनभित्रमा पुर्‍याउने काभ्रे क्रीस्चियन समुदाय का माहसचिब रामचन्द्व बिसुन्के ले जानकारी दिनुभयो ।

    बुधबार पाँचखाल नगर प्रमुख महेश खरेल, सहित अन्य काभ्रे का स्थानीय तह धुलिखेल बनेपा र भुम्लु का प्रमुख लाई भटेर स्वास्थ सामग्री हस्तान्तरण गरिएको जानकारी प्राप्त भएकाे छ । काेराेना काे संक्रमण र जाेखिम बढे संगै स्वास्थ्यकर्मीहरु कोरोनाको उच्च जोखिममा रहेकोले उनिहरुको सुरक्षार्थ काभ्रेको सबै स्वास्थ्य चौकिमा पुग्ने गरि पिपिई र मास्क वितरण गरेको स्थानीय पादरी सान्ता राम सुनुवार ले बताउनुभयो । साथै यो सामाग्री पर्याप्त नभए पनि यो संकटको घडीमा काभ्रे क्रीस्चियन समुदाय काे तर्फ बाट मायाको चिनोको रुपमा ग्रहण गर्न स्थानीय तहको प्रमुख हरुलाई अध्यक्ष रानाले आग्रह गर्नुभयो ।

    स्वास्थ्य सामग्री बुझनुहुँदै पाँचखाल नगरप्रमुख महेस खरेलले नगरले सबैलाई समेटर विपत्तको सामाना गरिरहेको जानकारी दिनुभयो । उहाँले नगरलाई समझेर सहयोग गरेको मा काभ्रे क्रीस्चियन समुदाय र पाँचखाल क्रीस्चियन समुदाय लाई धन्यवाद ज्ञापन गर्दै याे बिपत काे घडीमा सबै मिलेर अघि बढ्नु पर्ने भएकोले हुने ले नहुने लाई सहयोग गरि अगाडी बढ्न समेत अनुराेध गर्नु भयाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार