२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आमाको किरियाको लागि आएका छोरा सिमानामै रोकिए


२१७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित ४ साल अघि
  • १ जेठ, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको काजक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् । लकडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृत्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सिमानामा रोकिएको छ ।

    सीमामा रोकिएपछि उनले आमाको काजक्रियाका लागि नेपाल आउने व्यवस्था गरिदिन आग्रह गरेका छन् । विश्वकर्मालाई नेपाल ल्याउन पहल गरिदिन महाबु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दैलेखलाई समेत आग्रह गरेको थियो । तर केही सुनुवाइ नभएको विश्वकर्माले बताए ।

    विश्वकर्माका छिमेकी रमा महरा केसीले भनिन्, ‘सोनु भाइको काम गर्ने कम्पनीले नेपाल भारतको सिमाना रुपैडियासम्म पुराइदिने भनेको छ । तर नेपाल सरकारले प्रवेश नदिएका कारण समस्या भएको छ ।’उनले भनिन्, ‘बरु नेपाल प्रवेश गर्दा सोनुको कोरोना परीक्षण गरेर नेपाल प्रवेश गर्न दिए राम्रो हुने थियो ।’ विश्वकर्माका तीन भाइ मजदुरीका लागि भारतमै छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार