२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अरनिको राजमार्गमा टिफर रोक्न युवाहरुको पहल


२२८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । बिश्वमा महाँमारिको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि सरकारले चैत्र ११ बाट मुलुकमा लकडाउन गरेको छ । पछिल्लो समयमा लकडाउनलाई केही खुकुलो गर्दै ४४ ओटा उद्योग संञ्चालन गर्ने अनुमति दिएसंगै मालबाहक सवारी साधनहरु धेरै संञ्चालन हुंदा कोरोना रोगको संक्रमण फैलने भए भएकोले राजमार्गमा संञ्चालन भएको टिफर रोक्नको लागि युवाहरुले पहल गरेका हुन् ।

    पाँचखाल नगरमा स्थानीय युवाहरु द्वारा पुफा फुटबल मैदान अगाडी,तामाघाट चोकको अरनिको हाइवयमा दुरी कायम गरी बसेका युवाहरुले टिपरलाई रोकी लकडाउन अबधिभर संञ्चालन नगर्न अनुरोध गरेका छन् ।
    मालबाहक सवारी साधन सञ्चालन गर्न सरकारले अनुमती दिएपनि सो मालबाहक सवारी साधनमा लुकीछिपि यात्रुहरु आवत जावत गर्ने गर्दा कोरोना रोग फैलनसक्ने संभावना रहेकोले मालबाहक सवारी साधनलाई संञ्चालन नगर्न सुझाव दिएका हुन् ।

    सोही क्रममा राजमार्गमा सञ्चालन भएका खालि टिफरलाई जताबाट आएको उतै फर्कन अनुरोध गरेका थिए । त्यसैगरी मालबाहक टिफरलाई एक पटकको लागि गन्तव्य तर्फ पठाउंदै पुन सञ्चालन नगर्न अनुरोध गरेका थिए ।
    क्रसर उद्योग सञ्चालन गर्ने र टिफरहरुले निर्माण सामाग्री ओसार पसार गर्ने नउंमा यात्रुहरुलाई समेत आवत जावत गर्ने गरेकोले भूम्लु गाउपालिकाका युवाहरुले टिफर साथै क्रसर उद्योग संञ्चालन नगर्न अनुरोध गर्दा विवाद भई झडप समेत भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार