२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपालमा कोरोना संक्रमितको संख्या २५८


१९४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २५८ पुगेको हो ।

    संक्रमितहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष र बाँकेका ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । बाँकेमा १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो भने बाँकेमा योसँगै संक्रमितको संख्या ३३ पुगेको छ ।

    हालसम्म पर्सामा ८५, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३२, रुपन्देहीमा २८, काठमाडौंमा ८, कैलालीमा ४, रौतहट, बारा र धनुषामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार