२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काला बजारीयालाई झ्याप, ४ लाख ४५ हजार जरिवाना


२५४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २ जेठ, झापा । बन्दाबन्दीको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका खाद्य पदार्थ बिक्री गरेको आरोपमा झापाका २६ पसललाई रु चार लाख ४५ हजार जरिवाना गरिएको छ ।

    बन्दाबन्दीको मौका छोपी खाद्य पसलमा हार्डवेयर सामग्री, मदिरा राख्ने, विषादीयुक्त गहुँको बीउ धोइपखाली खाद्यान्नको रूपमा बिक्री गर्न खोज्ने र अनुमति नदिइ जथाभावीरूपमा औषधि पसल सञ्चालन गर्नेलाई जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिए । उनले उपभोक्ता संरक्षण ऐन २०७५ मा तोकिएको सबैभन्दा न्यून अंकमा सांकेतिक कारबाहीस्वरूप ६ हजार रूपैयाँदेखि १ लाखसम्म जरिवाना गरिएको बताए ।

    जिल्लाका १५ स्थानीय तहका १५५ पसलमा जिल्ला आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन समितिले अनुगमन गर्दा सबैभन्दा बढी गौरीगञ्ज गाउँपालिका वडा नंं २ मा सञ्चालित रविन खरिद बिक्री केन्द्रका सञ्चालक रविन पोद्दारलाई रु एक लाख जरिवाना गरेको थियो । उनले विषादीयुक्त गहुँको बीउ धोइपखाली गलत उद्देश्यले खाद्यान्नका रूपमा व्यापारिक प्रयोग गरेको अभियोगमा समितिले सो जरिवाना गरेको उनको भनाइ छ ।

    कोभिड–१९ को सङ्क्रमण फैलिएको अवस्थामा मौका छोपी कालोबजारी र उपभोक्ताको अहित गर्ने उद्योगी तथा व्यापारीमाथि झापामा पहिलोपटक यति धेरै रकम जरिवाना गरिएको उनको भनाइ छ । समितिले केन्द्रको गोदाममा छापा मार्दा धोइपखाली गरेर बेच्नका लागि तयारी गरिएको विषादीयुक्त सात बोरा (२८० केजी) गहुँको बीउ बरामद गरी जनप्रतिनिधि र प्रशासनको रोहवरमा आगो लगाइ नष्टसमेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार