२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

हप्तामा तीन दिन काभ्रेका बैंकहरु खुल्ने-हेर्नोस निर्णय सहित


३३१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । सरकारले चैत्र ११ गतेबाट गरेको लकडाउन खुकुलो पारेपछि सहज ढंगबाट खुलेको काभ्रेको बैकहरु पुन हप्ताको तीन दिन मात्रै खुल्ने भएको छ ।

    लकडाउन खुकुलो गरेसंगै कोरोनाको संक्रमन बढेपछी आज काभे्र्रका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षातामा बसेको बबैठकले उक्त निर्णय गरेको हो ।

    कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारसम्बन्धी जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तिम्सिनाको अध्यक्षतामा बसेको बैठकमा जिसस काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरका मेयर अशोककुमार ब्याञ्जु, विष्णुदल गण काभ्रेका प्रमुख सेनानी सुवास खड्का, काभ्रेका एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरीका एसपी पुरुषोत्तम थापा लगायत उपस्थिती रहहेको थियो ।

    सो बैठकको निर्णय अनुसार जिल्लामा रहेका बैंक तथा वित्तीय र सहकारी संस्थालाई अब उप्रान्त हप्ताको तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्र सञ्चालन गर्न सुझाव दिएको छ । जसको कारण आईतबार बाट हप्तामा तीन दिन खुल्ने भएकको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार