२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

२७६ कोरोना संक्रमित ३६ घर फर्किए


१८९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।   प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए । आजै बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
    मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

    उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार