२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाको कारण काभर्रे धुलिखेलमा एकको मृत्यु, धुलिखेल र आसपासको स्थान सिल गर्ने तयारी


२२१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रे । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईसरको कारण काभ्रेको धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ ।

    सरकारले चैत्र ११ गतेबाट लकडाउन गरी कोरोना नियन्त्रणको प्रयासलाई जारी राख्दै गर्दा भएको मृत्युले जनमानसमा त्रास फैलिएको छ । अस्पतालमा महिलाको मृत्य चएपछि उच्च सतर्कता अपनाउंदै अस्पताल हाताको ५ सय मिटर वरपर आवत जावतमा कडाई गरिएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

    काठमाडौ महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा भर्ना भई शिशु जन्माएर बैशाख २४ गते डिस्चार्ज भई आफ्नो घर सिन्धुपाल्चोकको बाह्रबिसे पुगेकी महिला स्वास प्रस्वासमा समस्या आएको भन्दै राति साढे ९ बजे इमर्जेन्सीमा ल्याएर उपचार सुरु गरेको थियो ।

    विहिबारबाट उपचारको सुरवात गरेपनि शुक्रबार साँझ ति महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी गराएको छ । शनिवार दिनभरी आधिकारीकताको लागि परिक्षण सुरु गरेको थियो । २९ बर्षिय ति महिलाको मृत्य भएपछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

    महिलाको मृत्यु भएपछि अस्पताल सिल गरी महिलाको उपचारमा संलग्न स्वाथ्य कर्मीहरुको परिक्षण गर्दै गरेको जानकारी प्राप्त भएको छ । नेपालमा कोरोना रोगको कारण पहिलो मृत्यु भएकोले काभ्रेको धुलिखेल र आसपासको क्षेत्र समेत सिल गर्ने तयारी गर्दै गरेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार