२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भारतियले जवरजस्ति गर्दा सशस्त्रले हवाई फायर


२०४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • ३ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५/१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।

    जबर्जस्ती नेपाल छिर्न खोजेका भारतीयले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए । केही दिनअघि झापा गाउँपालिकाको सीमा क्षेत्रबाट पनि भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार