२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुपाल्चोकबाट आएका ५० भारतियलाई काभ्रेमा झ्याप


३११४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे ।काभ्रेको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा कोरोनाको कारण सिन्धुपाल्चोक बाह्रविसेकी २९ बर्षिय १० दिनकी सुतकेरी महिलाको शुत्रबार बेलुका निधन भई शनिबार कोरोनको कारण निधन भएको पुष्टि भएसंगै अरनिको राजमार्ग र विपि राजमार्गमा कडाई गरेको अवस्थामा आज आईतबार विहान ८ बजे कन्टेनर भ्यनबाट धुलिखेल भन्दा केही तल अरनिको राजमार्गमा ओर्लिदै गरेका ५० भारतियलाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार सिन्धुपाल्चोकको जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुरहरु धुलिखेल आएको सुचनाको आधारमा पक्राउ गरिएको हो । धुलिखेल बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गको जङ्गल क्षेत्रमा लुकि छिपि कन्टेनर भ्यानले उनिहरुलाई ओरालेको थियो ।

    पक्राउ परेका ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए । सो बिषयमा सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन,’, तिमल्सिनाले भने । उनले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको समेत नवसंकेत अनलाईनलाई बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार