२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुबाट भागेर काभ्रे आएका ५० मजदुरलाई फिर्ता पठाईयो


२०७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रे । सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी न.पा.१० जल्केनीमा बिद्युत प्रसारण लाईनमा काम गर्ने ५० जना भारतिय मजदुरहरुलाई जिल्ला प्रहरी कार्यालर्य काभ्रेले फिर्ता पठाएको छ ।

    आज (आईतबार) विहान लकडाउनको उलंघन गर्दै अत्यावश्यक खाद्य सामाग्री मात्र ढुवानी गर्ने अनुमति पाएको बा.३.ख. २५४६ नं.को कन्टेनर भ्यानले नियम बिपरित उल्लेखित मजदुरहरुलाई अरनिको राजमार्ग हुदै चढाई धुलिखेल तर्फ आईरहेको थियो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेले पाएको सुचनाको आधारमा चेक जाँच गर्दा कन्टेनर भेनमा लुकि छिपि आएको फेला पारी नियन्त्रणमा लिएको थियो । मजदुरहरुलाई लकडाउन उलंघन गरेको बिषयमा जानकारी गराउंदै प्रहरीले उनिहरुलाई जुन ठाउंबाट आएको हो सो स्थान तर्फ दुई यात्रु बाहक बसमा राखि फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले नवसंकेत अनलाईनलाई जानकारी गराएको छ ।

    प्रहरीका अनुसार लकडाउनको उलंघन गर्ने कन्टेनर (भ्यान) चालक सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी न.पा.१० घर हुने बर्ष ३५ को रामशरण बस्नेतलाई कानुन बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार