२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

क्वारेन्टाईनबाट ४५ बेपत्ता


३९०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ४ साल अघि
  • ४ जेठ, बुटवल । कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् । भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

    शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिए ।यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।

    क्वारेन्टाइनमा बसेका व्यक्ति भागेर घर घर गएपछि स्थानीयमा त्रास बढेको छ । पहिल्यै गाउँ नै शिल गर्नुपर्नेमा खोरिया गाउँको क्वारेन्टाइनका व्यक्ति भागेर पुनः घरमा फर्किनु सुरक्षा निकायको चरम लापरवाही भएको स्थानीयको आरोप छ । ‘वडा नम्बर ८ को क्वारेन्टाइनमा राखिएका केही व्यक्ति क्वारेन्टाइनबाट भागेको छन्’ यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेशकुमार पाण्डेयले भने, ‘यसबारे शुक्रबार नै प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छौं ।’

    दुई दिनसम्म पनि गाउँमा सुरक्षाकर्मी नखटिंदा र गाउँ शील नहुँदा संक्रमण बढ्न सक्ने अध्यक्ष पाण्डेयले चिन्ता व्यक्त गरे । क्वारेन्टाइनबाट भागेकालाई सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले नवसंकेत अनलाईनलाई बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार