२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

८५ जना पत्रकारको बिमा


१७४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित ४ साल अघि
  • ५ जेठ, रौतहट । कोभिड-१९ (कोरोना) संक्रमणका बेला जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका रौतहटका ८५ जना पत्रकारको बिमा गरिएइको छ ।

    नेपाल पत्रकार महासंघ रौतहटका शाखाले सदस्य तथा सक्रिय संचारकर्मीका लागि कोरोना बिमा गराएको हो । माधव नारायण नगरपालिकाको आर्थिक सहयोगमा रौतहटका ८५ संचारकर्मीका लागि कूल ८५ लाखको बिमा गरिएको हो ।माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्र राय यादवले बिमाको लागि लाग्ने शुल्क बराबरको चेक पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेका छन ।

    पछिल्लो समय संक्रमितको सँख्या बढ्न थालेपछि रौतहटमा जोखिम बढेको छ । ‘विपतीको समयमा खटिरहेका संचारकर्मीहरुको मनोबल उच्च बनाउन र सुरक्षासमेत प्रदान गर्ने उदेश्यले बिमा शुल्क रकम सहयोग गरेको हौैं,’ मेयर यादवले भने, ‘नेपाल पत्रकार महासंघको अनुरोधमा संचारकर्मीहरुको लागि सहयोग गर्न पाउदा खुशी लागेको छ ।’

    नेपाल पत्रकार महासंघसँग आवद्ध नभएका तर जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई पनि बिमा कार्यक्रममा समेटेको पत्रकार महासंघ रौतह शाखाका सचिव गौतम श्रेष्ठले बताए । प्रतिव्यक्ति ६ सयका दरले कूल ५१ हजार बिमा शुल्क माधवनारायण नगरपालिकाले सहयोग गरेको उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार