२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनप्रतीनिधिको मृत्युको शोकमा आज शार्वजनिक विदा


२००६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ६, जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका- ४ का वडा सदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा महानगरपालिकाले मंगलबार बिदा दिइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन बिदा दिइएको बताए ।

    महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. ४ का जनप्रतिनिधि पाठकको उपचारको क्रममा सोमवार चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।उनी जण्डिसका बिरामी थिए । पाठकको सोमबार नै अन्त्येष्टि गरिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार