२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भारतले मिचेको भू—भाग फिर्ता लिएरै छाड्छौ -प्रधानमन्त्री


१८७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताएका छन् । उनले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको संसदमा भनेका छन् ।

    ‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापनीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उनले भने, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’

    कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो । उनले मन्त्रिपरिषद्बाट नक्सा जारी गरिएको पनि संसदलाई जानकारी गराएका छन् ।

    सरकारले देखावा गर्नका लागि कुनै पनि कदम नचालिएको बताए । उनले देखावटी राष्ट्रवादका लागि नगरिएको विश्वास दिलाएका छन् । उनले नक्सा सार्वजनिक भोलिसम्ममा गरिने पनि बताए । संविधानमा प्रतिक चिह्न संशोधनका लागि पनि प्रस्तुत गरिने प्रधानमन्त्रीले बताए । भारतले नेपाली भूमिमा बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा राख्ने निर्णय गरेको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार