२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाबाट सुरक्षीत पाँचखाल, आरडिटि परिक्षणमा सवै नेगेटिभ


२३५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की

    काभ्रे । पाँचखाल नगरपालिकाले हिजो (सोमबार) बाट सुरु गरेको आरडिटि परिक्षणको नतिजा नेगेटिभ भएको पाईएको छ । पहिलो दिन गरेको ४३ जनाको परिक्षणमा दुई जना स्वास्थ्य कर्मीहरुको पोजेटिभ भेटिएपनि पिसिआर गर्दा नेगेटिभ भएको पाईएको छ, जसले गर्दा कोरोना संक्रमणबाट पाँचखाल सुरक्षीत रहेको छ ।

    हिजो बाट सुरु गरिएको परिक्षण आज (मंगलबार) पनि निरन्तता दिएको छ । आज भएको ४० जनाको परिक्षणमा सवैको नेगेटिभ रिपोर्ट आएको छ । परिक्षण कार्यलाई भोलिपनि निरन्तरता दिने नगरका स्वस्थ्य संयोजक उज्ज्वल अधिकारीले नवसंकेत अनलाईनलाई जानकारी गराउनु भयो ।

    शंयोजक अधिकारीका अनुसार अग्रस्थानमा रहेर नगरमा खटिईरहने स्वथ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतीनिधि, संञ्चारकर्मी, नगरका कर्मचारीहरुको परिक्षण गर्दा सवैको नेगेटिभ परिणाम आएको बताउनु भयो । उहाँले भन्नुभयो भोलिपनि अग्रथानमा रहेर कार्यगर्नेहरुको परिक्षण गर्ने तयारी गरेका छौं ।

    नगरले अग्रस्थानमा रहनेहरुको छनोट गर्दै परिक्षण गर्ने कार्यलाई (सोमबार) वाट सुरु गरेको छ । जसमा पहिलो दिन ४३ जनाको आरडिटि परिक्षण गर्दा नगरको स्वास्थ्य शाखामा रहेका दुई स्वास्थ्य कर्मीहरुको पोजेटिभ भेटिएको थियो । पोजेटिभ फेला परेकाहरुलाई नगरले तयारी अवस्थामा राखेको क्वारेन्टाईनमा राखेर हिजै पिसिआरको लागि प्रकृया अगाडी बढाएको थियो । जसको नतिजा आज नेगेटिभ आएको छ । आज मंगलबार ४० जनाको आरडिटि परिक्षणमा सवैको नेगेटिभ पाईएकोले पाँचखाल नगर सुरक्षीत भएको महसुस भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार