२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाबाट मृत्यु भएकी २९ बर्षिय महिलाको घर र छरछीमेकीलाई पनि संक्रमण नभएको पुष्टि


२१०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • सिन्धुपाल्चोक — कोरोना संक्रमणबाट मृत्यु भएकी बाह्रबिसे नगरकी सुत्केरी महिलाका ५४ जना छिमेकीको स्वाबको पीसीआर परीक्षण नेगेटिभ आएको छ । बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको ‘थ्रोट स्वाब’ परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    वाग्मती सरकारका विज्ञ संलग्न र्‍यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिमले बाह्रबिसे नगर–९ स्थित चालिसे गाउँकी २९ वर्षिया मृतक संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र सम्पर्कमा रहेका ५६ जना स्थानीयको नमुना संकलन गरेर सोमबार पठाएको थियो भने बाँकी एकसय ३५ को (आज) मंगलबार बिहानसम्म काठमाडौं पुर्‍याइएकोछ । यसअघि संक्रमितको परिवार सबैको पीसीआर नेगेटिभ आएपछि केही ढुक्क भएका स्थानीय आधा गाउँलेको परीक्षण नेगेटिभ आएपछि उत्साहित बनेका छन् । सबैको पीसीआर परीक्षणको लागि काठमाडौंदेखि प्रदेश, मन्त्रालयबाट ल्याब विशेषज्ञ र डाक्टरसहित प्राविधिक स्वास्थ्य र सुरक्षाकर्मीको संयुक्त दुई दर्जन टोली खटिएका थिए ।

    स्थानीय तहसँग छलफलअघि प्रारम्भिक चरणमा कोभिड–१९ को पिसिआर परीक्षणको लागि नमुना संकलन गर्न दुई सयवटा पीसीआर किट लगिएको र ४६ जनाको मात्रै सूची बनाइएको थियो । संक्रमितका बाँकी परिवार, आफन्त, छिमेकी, संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी सबैको गर्दा संख्या बढ्दै गएर एकसय ९१ पुगेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार