२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरीलाई कोरोना संक्रमणको कारण प्रहरी कार्यालय नै सिल


२३७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • काडमाडौं- महानगरीय प्रहरी वृत्तमा कालीमाटी कार्यरत दूई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरीका सो बृत्त सिल गरिएको छ ।  कालीमाटी स्थित वृत्त परिसर मै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रमुख रुगम कुँबरले बताए ।

    टेकुस्थित प्रयोगशालाले मंगलबार एक जना सइ र एक जवानमा कोरोना संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो । हाल कालीमाटी बृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक बृत्त पनि रहेको र उनीहरुको खाने बस्ने एकै स्थानमा भएकाले त्यहाँ करीब दुई सय प्रहरी कार्यारत रहेको बताइएको छ ।

    उनले संक्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोशाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताए । वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ । अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको हो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार