२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेको चौरीदेउरालीमा आरडिटि परिक्षण गर्दा १० जनालाई कोरोना पोजेटिभ


२४३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । काभ्रे जिल्लाको चौरीदेउराली गाउंपालिकामा आज (बुधबार) २७ जनाको आरडिटि परिक्षण गर्दा ८ जना र हिजो मंगलबार ३२ जनाको परिक्षण गर्दा २ जना गरी १० जनालाई कोरोना भाईसरको पोजेटिभ देखिएको गाउंपालिका अध्यक्ष दिनानाथ गौतम (प्रयास) वताउनु भयो ।
    अध्यक्ष गौतमका अनुसार स्वास्थ्य शाखाका कर्मचारी ५ जना, पालिकामा रहेका कर्मचारी ४ जना र अन्य १ जना गरी १० जनालाई पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुलाई क्वरेन्टाइनमा राखेको र पिसिआरको लागि प्रकृया अगाडी बडाएको बताउनु भयो ।
    पालिकामा रहेका कर्मचारीहरुमा पोजेटिभ देखिएपछि आईतबार सम्मको लागि कार्यालय बन्दा गरेर सम्पुर्ण कर्मचारीहरुलाइ होम क्वारेन्टाईनमा बस्न अनुरोध गरीएको अध्यक्ष गौतमले नवसंकेत अनलाईनलाई जानकारी गराउनु भयो ।
    पालिकामा थोरै किट उपलब्ध भएकोले गर्दा जनप्रतीनिधि, साथै लक्षीत बर्गमा परिक्षण गर्न सकिएको छैन । थोरै संख्यामा परिक्षण गर्दा पनि यति धेरैको संख्यामा पोजेटिभ भएको पाईएको छ । यदि आरडिटि परिक्षणमा पोजेटिभ देखिएकाहरुको पिसिआर रिपोर्टमा पनि पोजेटिभ देखियो भने पालिकाम भुसको आगो फैलिए सरहको समस्या हुन सक्ने संभावना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार