२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना संक्रमितको संख्या ४२७ पुग्यो


२२३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो । उनीहरु ३ देखि ४८ उमेरका छन्। जसमा १८ पुरुष र ७ महिला छन् । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७ ) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

    त्यसैगरी बाँकेमा ६ पुरुष ( नरैनापुरका १७, २०, २८ र ३० वर्ष) का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षण भएको प्रवक्ता देवकोटाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार