२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बैकमा लाईन बस्दा बेहोस भएर मृत्यु


२१८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ८ जेठ, धादिङ । लकडाउनको समयमा सामाजिक सुरक्षा भक्ता लिएर आफुले चाहेको खर्च गर्ने विचारका साथमा सामाजिक सुरक्षा भक्ता लिन बैक पुगेका बृद्ध भक्ता बुझ्न नपाउंदै बेहोस भएर संसारबाट विदा भए ।

    धादिङ गङ्गाजमुना गाउँपालिकाका वडा नं –४ ठकुरीडाँडाका रामवहादुर गुरुङ सामाजिक सुरक्षा भक्ता लिनको लागि बैंकमा लाईनमा बस्दा अचानक बेहोस भएर ढल्दा मृत्यु भएको नवसंकेत अनलाईनलाई जानकारी प्राप्त भएको छ । दमको रोगले ग्रसित ८३ वर्षीय गुरुङ ढलेपछि उपचारको लागि लादै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार