२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा १२ क्वरेन्टाईन, ४ जना आइसोलेसनमा उपचार हुदै


१९०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । कोरोना भाईरसको कारण काभे्र जिल्लामा १२ जनालाई क्वारेन्टाईन र ४ जनालाई आइसोलेसनमा राखी उपचार हुंदै गरेको जानकारी प्राप्त भएको छ ।

    स्थानिय तहमा पछिल्लो समयमा आरडिटि परिक्षणलाई तिब्रता दिंदा सो परिक्षणबाट पोजेटिभ भेटिएकालाई क्वारेन्टाईनमा राखिएको छ, भने केहि समस्या भएकालाई धुलिखेल अस्पतालमा ४ जना लाई आइसोलेसनमा राखि उपचार गरेको छ ।
    क्वारेन्टाईनमा रहनेहरुमा पाँचखाल नगरपालिका बाट २, बनेपा स्थित शिरमेमोरियल अस्पतालबाट १, चौरीदेउरालि गाउंपालिकाबाट ७ र नमोबुद्ध नगरपालिकाबाट २ रहेका छन् ।

    क्वारेन्टाईनमा रहेका १२ जनाको पिसिआर परिक्षण गरिसकेको छ तर रिपोर्ट आउन भने बाँकी रहेकोले क्वारेन्टाईनमा राखिएको स्रोतले बताएको छ । केही दिन अगाडी पनौती र पाँचखालमा भएको आरडिटि परिक्षणमा पोजेटिभ देखिएकाको पिसिआर गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार