२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

७० जनाले कोरोनालाई जितेर घर फर्किए


२२३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • नेपालगंञ्ज । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोगको संक्रमनको कारण नेपालमा आज सम्म ४ सय ८७ जना संक्रमित भएका मध्य ७० जना रोग निको भएर घर फर्किएका छन् ।

    देशमै पहिलोपटक ठूलो संख्यामा कोरोनालाई जितेर घर फर्किंदा उनीहरुको मुहारमा चमकका साथ मुहार बेग्लै उत्साह थियो । रोग निको भएर घर फर्किएकाहरुलाई स्वास्थ्यकर्मीले पालै पालो गम्छा अनि हातमा फूल थमाएर हौसला प्रदान गर्दै खुसि साटासाट गरेको थियो । निको भएर घर फर्किदै गरेकाहरुलाई स्वास्थ्यकर्मीले घरमा बसेर के गर्ने ? के नगर्ने भन्ने बिषयमा तालिका दिएर पठाएका छन् । कोरोनामुक्त हुनेहरु सबै नेपालगन्जका हुन ।

    यसरी घर फर्किएकाहरुलाई बिदाई गरिरहेको दृश्यले हाल सम्म संक्रमणमा रहेका अन्यहरुको पनि मनोवल बढेको छ । हाल सम्म ७० जना घर फर्किएका दृश्यले नेपालको उपचार प्रबिधि सक्षम भएको पुस्टि भएको छ । परिवारका सदस्य कोरोना रोगका कारण उपचारमा भएको अवस्थामा पिडामा छटपटाई रहेका अन्य सदस्यहरु समेत आज विरामीहरु कोरोनालाई जितेर घर फर्किएका दृश्यले सान्त्वना मिलेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार