२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जंगलमा गाडियो कोरोना संक्रमितको शव


२२०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ९ जेठ, बुटवल । हिजो (विहिबार) विहान ७ बजे रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव आज जंगलमा गाडेर अन्तेष्ठि गरिएको छ ।

    अस्पतालको लापर्वाहिले गर्दा मृत्यु भएको भनि परिवारका सदस्यहरुले छानविनको माग गर्दै गर्दा साथै दाह संस्कारको लागि उचित स्थानको खोजि गर्ने कार्यले गर्दा दाहसंकार कार्य ढिलो भएको थियो । परिवार पक्षले जंगलमा गाड्ने कुनै सहमति नभएको भनेपनि शव उठाउने क्रममा भएको मुचुल्कामा निर्विवाद ढंगले हस्ताक्षर गरेको थियो ।

    जंगलमा अन्तेष्ठि गर्ने खालको योजना भएपछि नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शब निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो । मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो ।

    पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।

    मृतकका भाईले भने—महामारीको समयमा शव व्यवस्थापन गर्न नदिंदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको हो । ‘असहज परिस्थिति भएकाले शव उठाउनका लागि कागजमा हस्ताक्षर गरेका हौं ।

    बिरामीको ढाडबाट पानी निकाल्नुको कारण र त्यसका सम्भावित जोखिमबारे अस्पतालले परिवारका आफन्तसंग कुनै जानकारी नगराउनुको कारण, कोरोना पोजेटिभ देखिएपछि गरिएको उपचार सेवाको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने परिवारको माग छ ।

    मृतकसंगै स्वाब संकलन गरिएका मर्चवारका पुरुषको पहिचान गरी पुनः परीक्षण गरिनुपर्ने पनि मृतकका आफन्तको माग छ । आफ्ना मागबारे प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई समेत जानकारी गराएको परिवार सदस्यले बताए ।

    मन्त्रीले ५ गतेपछिको बिल नतिर्न सुझाव दिएको र अन्य मागबारे निवेदन लेखेर दिन भनेको मृतकका अर्का आफन्त खिमबहादुर कुँवरले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार