२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोनाको कारण जिल्ला प्रहरी कार्यालय सिल


१९६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ९ जेठ, कैलाली ।प्रहरीको थुनुवा कक्षमा रहेका थुनुवालार्ई कोरोना संक्रमण भएको पाईएकोले प्रहरी कार्यालय सिल गरीएको छ ।
    जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका शिवनाथ गाउँपालिका वडा नं १ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    थुनुवामा संक्रमण देखिएपछि प्रहरी समेत अशुरक्षीत भएको भन्दै जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

    उपरिक्षक पाण्डेले भने—संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरेका छौ । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार