२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा ३२ जना क्वारेन्टाईनमा, स्थानिय तहहरुमा सय शैयाको क्वारेन्टाईन कक्ष बनाउने


२०२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । काभ्रे जिल्लामा ३२ जनालाई क्वारेन्टाइनमा र ४ जनालाई आईसोलेसनमा राखि उपचार गरीएको छ ।

    जिल्लाको पाँचखाल नगरपालिकाम ४ जना मध्य (२ जना क्वारेन्टाईनमा र २ जना सेल्फ क्वारेनटाईनमा) । पाँचखालमा सोमबार गरिएको आरडिटि परिक्षणमा पोजेटिभ देखिएको र पिसिआर परिक्षणबाट नेगेटिभ देखिएका दुई जनालाई सेल्फ क्वारेन्टाईन र विहिबार गरेको आरडिटि परिक्षणमा पोजेटिभ देखिएको दुईजनालाई क्वारेन्टाईनमा राखिएको छ । धुलिखेल अस्पतालमा ११ जना र चौरीदेउराली गाउंपालिकामा १७ जना मध्य आजको पिसिआर रिपोर्ट नेगेटिभ भएकोले भोलिबाट चौरिदेउरालीको क्वारेन्टाईन खालि हुने भएको छ । आज सम्म जिल्लामा ३२ जना क्वारेन्टाईनमा रहेता पनि चौरिदेउरालीमा आरडिटि परिक्षणबाट पोजेटिभ देखिएकाहरुको पिसिआर परिक्षणबाट नेगेटिभ देखिएकोले भोलिबाट उक्त संख्या घट्ने भएको छ ।

    आज काभ्रे जिल्ला डिसिएमसिको बैठक निर्णय अनुसार काभ्रेको धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा तीन—तीन सय शैयाको सुबिधा सम्पन्न क्वारेन्टाईन बेडको व्यवस्था साथै अन्य स्थानिय तहमा १ सय शैयाको सुबिधा सम्पन्न क्वारेन्टाईन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    बैठकले जिल्लामा हाल सम्म २० हजार ४ सय २८ घरपरिवारलाई राहत उपलब्ध गराएको जानकारी गराईएको थियो । त्यसैगरी जिल्लामा १ हजार ५ सय १८ जनाको आरडिटि परिक्षण र १ सय ७२ जना काभ्रेका, १ हजार ७ सय ८ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुवाट पठाईएको साथै २० जना अन्य जिल्लाबाट आएका समेतको गरि १ हजार ९ सयको पिसिआर परिक्षण भएको जानकारी गराएको थियो । परिक्षणबाट ३८ जनाको पिसिआर पोजेटिभ र २७ जनाको आरडिटि पोजेटिभ पाईएको जानकारी गराएको थियो ।

    बैठकमा कोरोना रोग नियन्त्रणको लागि उपलब्ध भएको स्वास्थ्य सामाग्रिहरुको जानकारी साथै जिल्लामा रहेको आइसोलेसन तथा क्वारेन्टाईन कक्षको बारेमा समेत जानकारी गराईएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार