२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पिसिआर रिपोर्ट बाट चौरीदेउराली सुरक्षीत साबित


१९५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । काभ्रे जिल्लाको चौरीदेउराली गाउंपालिकामा बुधबार र विहिबार गरेको आरडिटि परिक्षणबाट १० जनालाई पोजेटिभ देखिएको थियो । परिक्षणबाट पोजेटिभ देखिएपछि चिन्तित रहेका स्थानियहरु आज आएको पिसिआर रिपोर्टबाट स्थानिय हरुले सुरक्षीत महसुस गरेका छन् ।

    गाउंपालिका अध्यक्ष दिनानाथ गौतम (प्रयास) का अनुसार आरडिटि परिक्षणबाट पोजेटिभ देखिएका १० जना र परिक्षण गर्नुभन्दा अगाडीका ७ जना गरी १७ जनालाई क्वारेन्टाईनमा राखेको बताउनु भयो । उहाँले थप्नुभयो त्यति धेरैको संख्यामा क्वारेन्टाईनमा बस्दा स्थानियहरु त्रसित भएका थिए आजको रिपोर्टले गर्दा स्थानियहरुले सुरक्षीत महसुस गरेको बताउनु भयो ।

    अध्यक्ष गौतमका अनुसार भोलिदेखि क्वारेन्टाईन खालि गरेर सेल्फ क्वारेन्टाईनमा राख्ने नवसंकेत अनलाईलाई बताउनु भयो । कोरोना रोगको संक्रमणबाट जोगिनको लागि पालिकाका सम्पुर्ण जनप्रतीनिधि साथै स्थानियहरुको सहयोगमा चेतना मुलक कार्यलाई निरन्तरता दिदै अगाडी बड्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार