२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कतारमा रहेका नेपाली कोरोनाको उच्च जोखिममा,६ हजार ९ सय ११ संक्रमित


२०१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ ।बैदेशिक रोजगारीको लागि कतारमा रहेका नेपालीलाई कोरोना भाइरसको कारण उच्च जोखिममा परेका छन् ।
    नवसंकेत अनलाईनका कतार स्थित समाचारदाताले मंगलबार सम्मको बिवरण प्राप्त गरी पठाएको आधारमा रोजगारीको लागि कतारमा रहेका नेपाली मध्य ६ हजार ९ सय ११ जना लाई कोरोना संक्रमित भएको छ भने एक नेपालीको मृत्यु भएको छ ।

    स्रोतका अनुसार कतारमा जम्मा संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली ६ हजार ९ सय ११ रहेको छ । कतारमा कोरोनाबाट संक्रमित मध्य भारतीय कामदार ११ हजार १८ जना रहेका छन् । बंगलादेशी ५ हजार ५ सय ८९, पाकिस्तानी २ हजार ३ सय १०, फिलिपिनो एक हजार ५ सय ३६ र कतारी १५ सय ३६ जना रहेका छन् ।

    कोरोनाबाट संक्रमितमध्ये ४३ प्रतिशत न्यून तलबमा काम गर्ने कामदार छन् । जहाँ नेपालीको बाहुल्यता बढी छ । १३ प्रतिशत गैरकामदार, १२ प्रतिशत प्रशासनिक कर्मचारी, १२ प्रतिशत विद्यार्थी, ६.६ प्रतिशत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, उच्च तहको कर्मचारी र ३ प्रतिशत विमानस्थलका कर्मचारी रहेको जानकारी प्राप्त भएको छ ।

    कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार आज (शनिबार) बिहानसम्म ४० हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म कतारमा संक्रमण पुष्टि भएकाहरुमध्ये ७ हजार ८ सय ९३ जना निको भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार