२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

घरपोत्ने माटोले गर्दा एको ज्यान गयो दुइ घाईते


२४५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १०, शनिबार मा प्रकाशित ४ साल अघि
  • कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    घर पोत्न माटो खन्ने क्रममा पुरिएर शनिबार बिहान उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

    ढिस्कोले पुरिएर अन्य दुई जना पनि घाइते भएका थिए । घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार