२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कोरोना संक्रमित अस्पतालबाटै व्यपत्ता हुँदा स्थानिय त्रसित


१८८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ ११, आईतबार मा प्रकाशित ४ साल अघि
  • ११ जेठ, जनकपुरं । कोरोना रोग लागेर उपचारको लागि अस्पतालमा भर्ना भएका कोरोना संक्रमित अस्पतालबाटै फरार भएपछि स्थानियहरु त्रसित भएका छन् ।प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा रहेका उनी फरार भागेर फरार भएपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको हो ।

    अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आज (आइतबार) बिहान भागेका हुन् । अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक—पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

    संक्रमित अस्पतालबाट भागेर फरार भएपछि प्रहरीले खोजि कार्यलाई व्यापक गरेको छ । प्रहरीलाई स्थानियहरुले समेत साथ दिदै सुराकी गर्ने कार्य स्थानियहरुको भनाई छ । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार कोराना संक्रमित अस्पतालबाट फरार हुदा संक्रमण फैलने त्रास स्थानियमा रहेको छ, हामी छिटो भन्दा छिटो उसलाई नियन्त्रणमा लिएर स्थानियको त्रासलाई दुर गछौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार