२०८१ कार्तिक २३, शुक्रबार | Fri, 08, Nov, 2024

प्रेमिका भगाउन खोज्दा ज्यानै गयो


२८६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १२, सोमबार मा प्रकाशित ४ साल अघि
  • रुकुम पश्चिमर जाजरकोट — कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती गाउँ पुगेका २१ वर्षिय नवराज विकले ज्यान गुमाएका हुन् ।

    चौरहजारीका युवा टिकाराम सुनारले पनि ज्यान गुमाए । नवराजको आइतबार बिहान र टिकारामको साँझ शव फेला परेको हो । उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनाको चौरजहारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    मृतकका आफन्तले भने रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले लखेटेर भेरीमा बगाइदिएर हत्या गरेको बताएका छन् । नवराजको सोती गाउँकी मल्ल थरकी १७ वर्षीया एक किशोरीसँग प्रेमसम्बन्ध रहेको र बिहेका लागि सोती आएका बेला स्थानीयले लखेटेर हत्या गरेको दाबी मृतकका आफन्तको छ । उनी शनिबार अरू १८ जना साथी लिएर जाजरकोटबाट चौरजहारी नगरपालिकाको सोती आएका थिए । जातीय विभेदका कारण स्थानीयले युवाहरूलाई लखेटेको आरोप मृतकका आफन्तहरूले लगाएका छन् ।

    जाजरकोटका १९ जना युवा सोती पुगेपछि किचलो सुरु भएको रुकुम पश्चिम प्रहरीले बताएको छ । केही जाजरकोटतिर फर्किएका र बाँकी १२ जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । ४ जना सम्पर्कविहीन छन् । केही महिनाअघि पनि नवराज आफ्ना केही साथीसहित तिनै किशोरीसित बिहे गर्न भन्दै सोती आएका थिए । त्यतिबेला पनि इलाका प्रहरी कार्यालयमा ल्याएर उमेर पुगेपछि बिहे गर्ने सर्तमा घर पठाइएको प्रहरीले बताएको छ ।

    नवराजको सोतीकी १९ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्ध रहेको र उनकै आग्रहमा भगाउनलाई आफूहरु गएको त्यो टोलीका एक घाइते आशिष विकले प्रहरीलाई बताएका छन् । ‘तर, हामीहरुको केटीसँग भेट हुन नपाउँदै केटीकी आमाले चिच्याएर गाउँलेलाई बोलाइन्,’घाइते आशिषले प्रहरी बयानमा भनेका छन्, ‘त्यसपछि त ढुंगैढुंगाले खेदेर भेरीमा धपाए ।’नदीमा पसेपछि पनि ढुंगाले हानेको उनले बताएका छन् ।

    कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी बसन्त पन्तले घटना गम्भीर भएको बताउँदै दवाव र प्रभावमा नपरी अनुसन्धान गर्न दुईटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताएका छन् । हाल कालीकोटमा रहेका उनले भने, ‘विवाहको विषयलाई लिएर घटना भएको सुन्नमा आएको छ, यसबारे थप अनुसन्धानपछि थाहा होला ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार