२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

आधा तलवमा काम गर्न बिवस छन् स्वास्थ्यकर्मीहरु, उपचारको भुक्तानि नआउंदा अस्पताल समस्यामा


२८८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रे । विश्वमा महाँमारिको रुपमा फैलिएको कोरोना भाईरसको उच्च जोखिम मोल्लै विरामीहरुको उपचारमा निरन्तर रुपमा खटिई रहने स्वास्थ्य कर्मीहरुले आधा तलबमा काम गर्न बिवस भएका छन् । लकडाउनको कारण अस्पतालमा आउने विरामीको संख्या घट्दा आम्दानिले खर्च थेग्न नसक्ने अवस्था आएपछि आधा तलबमा काम गर्दै आएका छन् स्वास्थ्यकर्मीहरु ।

    काभ्रेको पुरानो अस्पतालको रुपमा परिचित बनेपा नगरपालिका घोगेचौरमा रहेको शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले आधा तलबमा कार्य गर्नुपर्ने बबाध्यता भएको नेपाल स्वास्थ्य तथा कर्मचारी युनियन (शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल) का वरिष्ठ सल्लाहकार रेशम नेपालीले बताउनु भयो ।

    युनियनका सल्लाहकार नेपालिका अनुसार अस्पतालले विभिन्न बाहना बनाएर स्वास्थ्य कर्मीहरुलाई बेतलवि विदामा राख्ने आधा तलवमा काम गर्न बाध्य पार्ने गरेको बताउनु भयो । उहाँले थप्नुभयो विनासकारी महाँभूकम्पको समयमा उपचार गरेका विरामीहरु साथै महिलाहरुको महान पर्व तिजमा दरखाने कार्यक्रम गर्दा फुडप्वाईजन भई बिरामी भएका विरामीहरुको उपचारमा लागेको खर्च पाँचखाल नगरपालिकाले उपलब्ध नगराएको कारणले अस्पताल घाटामा गएको बाहाना बनाउंदै आधा तलवमा काम लगाएको बताउनु भयो ।

    सल्लाहकार नेपालीका अनुसार अस्पताल प्रशासनले मुलुकमा लकडाउन जारीभए यताको समयमा आधा तलबमा काम गर्न लगाउने अवस्था आएपछि युनियन र अस्पताल प्रशासनको बिचमा वार्ताभई चैत्र महिनाको तलव पुरै उपलब्ध गराउने , बैशाख महिनाको तलब आधा (हाल उपलब्ध गराउने) र बाँकी आधा केही समयपछि उपलब्ध गराउने र जेठ महिनाबाट सहज परिस्थिति नआएसम्मको लागि काम पनि आधा तलबपनि आधा गर्ने सहमती भएको बताउनु भयो । उहाँले थप्नुभयो दुई पक्षविच भएको सहमतिलाई लत्याउंदै अस्पताल प्रशासनले पक्षपाति व्यवहार गर्दै अस्पताल प्रशासनको प्रिय पात्रहरुलाई काम र दाम पुरै उपलब्ध गराएको दुखेसो पोख्नुभयो ।

    सल्लाहकार नेपालिले भन्नुभयो अस्पतालमा रहेका कर्मचारीलाई बेतलवि बिदामा राख्ने र सोही कर्मचारीले गर्नुपर्ने काम अस्पताल प्रशासनको प्रियपात्रको रुपमा रहेका बाहिर व्यक्तिलाई लगाउने गरेको वताउनु भयो । उहाँले भन्नुभयो नवजात शिशुको लागि आवश्यक पर्ने वेविसेट तयार गर्ने कार्यमा रहेका अस्पतालको कर्मचारी जमुना नेपालीलाई बेतलवि विदामा राखेर उनी मार्फत तयार गर्नुपर्ने कपडा बाहिरी व्यक्तिलाई गर्न लगाई कर्मचारीमाथि पक्षपाति व्यवहार गरेको बताउनु भयो । जमुना नेपाली मात्र नभै यस्तो खालको पक्षपाति व्यवहार धेरैलाई गरेको छ । अस्पतालले समुदाय स्तरमा गरेको बिभिन्न उपचारको लिनुपर्ने भुक्तानी अस्पतालकोे लेखा अधिकृत सुर्य प्रभा शाक्यले अशुल गर्नुपर्नेमा नगरेको तर त्यसको भागिदार स्वास्थ्यकर्मीहरुलाई गराउन खोजेको बताउनु भयो ।

    कोरोना भाईरसको महांमारी फैलिएको अवस्थामा अस्पतालले डाक्टरहरुलाई उपलब्ध गराउनुपर्ने शुरक्षीत युनिफर्म (पिपिइ) लगाएतका सामाग्रि उपलब्ध नगराउंदा डाक्टरहरुले विरामीको उपचारमा चासो नराख्नु साथै लकडाउनको कारण विरामीको चाप कम हुनाले गर्दा अस्पतालको आम्दानि कम हुनु स्वभाबिकै हो । विगतमा अस्पतालको राम्रो आम्दानि भएको समयमा स्वास्थ्यकर्मीहरुलाई थप सुबिधा नदिएको तर अस्पतालमा केही समय आम्दानी नहुंदा तलब आधा गरेर स्वास्थ्य कर्मीहरुमाथि अन्याय गरेको नेपालीले बताउनु भयो ।

    यसै बिषयमा अस्पतालका बरिष्ट प्रशासकिय अधिकृत शुन्दर थापा मगरसंग सम्पर्क गर्दा उहाँले भन्नुभयो—कोरोना भाईसरको कारण मुलुकमा लकडाउन भएसंगै अस्पतालमा अम्दानि कम भयो, विरामीको संख्या घट्दा भएका स्वास्थ्य कर्मीहरुलाई काम भएन ओभर स्टाफ हुन गयो । आर्थिक रुपमा जटिल समस्या आउने भएपछि अस्पताल प्रशासन र अस्पतालका कर्मचारी युनियनसंग छलफल भयो छलफलकै आधारमा चैत्र महिनाको पुरा भुक्तानि, बैशाखको पुरा भुक्तानि (हाल ततकालै आधा र केही समयपछि आधा) र जेठ महिनाबाट काम पनि आधा गर्ने र भुक्तानि पनि आधा लिने ढंगको समहती भएको बताउनु भयो । उहाँले थप्नुभयो स्टाफ घटाएमा बाँकी स्टाफलाई काम,दाम पुरा गर्न सकिने तर कसैले पाई राखेको रोजगारीबाट बञ्चित नगराउने उद्देश्यले आधा काम र आधा दामको व्यवस्था गरेको बताउनु भयो ।

    बरिष्ट प्रशासकिय अधिकृत मगरले थप्नुभयो २०७२ मा आएको विनासकारी महाँभुकम्प साथै पाँचखालमा भएको फुडप्वाईजनको उपचार गर्दा लागेको खर्च उपलब्ध भएन । पाँचखालका मेयर आफै अस्पतालमा आएर जिम्मेवारी वसेर गराएको उपचारको समेत भुक्तानि नआउनु जस्ताकार्यले अस्पतालले खर्च धान्न सक्ने अवस्था नआएको बताउनु भयो । हामीले सुरुको एक हप्ता ओपिडि बन्द गरेउ तर सेवाग्राहिहरुको समस्यालाई मध्यनजर राख्दै पुन ओपिडि चलायौं तर ओपिडि खुल्ला रहेको जानकारी सवैलाई नभएर होला अस्पतालमा विरामीको चाप कम भयो । कोरोनाबाट जोगिन र जोगाउनको लागि आवश्यक पर्ने सम्पुर्ण सुरक्षाको सामाग्री कमी छैन ।

    कर्मचारीलाई पक्षपाति गरेको भन्ने आरोप सत्य नभएको र सवैमा समान व्यवहार भएको बरिष्ट प्रशासकिय अधिकृत मगरले बताउनु भयो । जमुना नेपालीको बिषय कुरा उठाउनुभो सो बिषयमा भन्नु पर्दा अन्य कर्मचारी तथा स्वास्थ्यकमीले जे—जति जसरी भुक्तानि पाउंछ, बेतलवि बिदाको अवस्था के कस्तो निर्णय भएको छ सोही अनुसार लागु भएको छ । रह्यो सिलाईको काम बाहिर दिएको भन्ने सम्बन्धमा जमुनाले कर्मचारीको रुपमा गर्ने कार्य भएकै छ । उहाँले कार्यालयमा बसेर सिलाएको वेविसेटले अपुग हुंदा कोटेसन घटाघटको आधारमा बाहिर विगतबाटै सिलाउंदै आएको हो । सोहि अनुसार विगतमा जमुनाले पनि कोटेसन मार्फत प्रति शेट ११० मा घरमा लगेर सिलाउने गर्दै आउनु भएको थियो । तर हालको कोटेसनमा प्रतिसेट ८० रुपैयामा तयार हुने भएपछि उसैलाई दिनु अन्याय हैन । यो अस्पतालको हितको लागि हो ।

    जमुनाको तलवको हिषाव गर्दा दिनमा १४५७ पर्न आउंछ तर दिनमा ८ सेट तयार गर्नुहुन्छ, उहाँले अस्पतालमा आएर गर्ने कामको हिषाब गर्दा प्रतिसेट १८२ पर्न आउंछ । त्यसरी बाहिर तयार गर्ने तुलनामा उहाँले तयार गरेको प्रतिसेटमा १०२ महंगो पर्छ तर पनि अस्पतालको अन्य स्टाफ र उहाँलाई भिन्न व्यवहार नगरेको बताउनु भयो ।

    पाँचखाल नगरले अस्पताललाई भुक्तानि दिन बाँकी रहेको भन्ने बिषयमा नगरका मेयर महेश खरेलसंग सम्पर्क गर्दा उहाँले भन्नुभयो—सहकारीले आयोजना गरेको तिज बिषेश कार्यक्रममा फुडप्वाईजन भई ठुलो संख्यामा विरामी पर्दा धुलिखेल अस्पताल, शीरमेमोरियल अस्पताल लगायतले गरेको सहयोग अविस्मरणिय छ । भुक्तानिको बिषयमा भन्नुपर्दा जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय संग सो समयमा छलफल हुंदा मिनाह गर्ने बिषयमा प्रकृया बडाउने भन्ने भएकोले धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पताललाई पत्र पठाएको तर पत्रको जवाफ नआएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार