२०८० मंसिर २३, शनिबार | Sat, 09, Dec, 2023

समयमा उपचार नपाउंदा ५६ सुत्केरीको मृत्य- सांसद विद्या


१५२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • १८ जेठ, काठमाडौं । सांसदहरूले कोभिड–१९ महामारीबाट जोगिन लगाइएको लकडाउनका बेला गर्भवती, सुत्केरी तथा बालबालिकाको अकालमा ज्यान गइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै सांसदहरूले गर्भवतीहरूले आधारभूत स्वास्थ्य सेवा समेत नपाएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विद्या भट्टराईले लकडाउन अवधिमा ५६ जना सुत्केरीको मृत्यु भएको बताइन् ।

    सांसद भट्टराईले प्रजनन् स्वास्थ्य सेवालाई संविधानले मानव अधिकारको रुपमा स्वीकारे पनि लकडाउनका बेला महिलाहरूले आधारभूत स्वास्थ्य उपचार समेत नपाएको बताइन् ।‘६० हजार भन्दा बढी गर्भवतीहरू स्वास्थ्य सेवाबाट बञ्चित छन्’, सांसद भट्टराईले भनिन्, ‘असुरक्षित गर्भपतनले गर्दा अकालमा ज्यान गइरहेको छ ।’

    बैठकमा नेकपा नेतृ तथा सांसद विन्दा पाण्डेले लकडाउनले गर्दा महिला अस्पतालमा सुत्केरी हुने महिलाको संख्या १० प्रतिशत भन्दा कम भएको उल्लेख गरिन् । उनले अस्पताल जान नपाएर गर्भवतीहरूले क्वारेन्टिनमै बच्चा जन्माउनु पर्ने अवस्थाको अन्त्य गर्न माग गरिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु