२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

नेपालमा कोरोनाको कारण थप एकको मृत्यु , मृत्यु हुनेको संख्या ९ पुग्यो


२३५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ ।

    मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएको थियो ।

    उनको अपरेसन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण पश्चात उनमाा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र बुधबार निधन भएको हो ।

    हालसम्म कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार