२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा खाना पकाउने ग्यास पड्कीदा दुईको मृत्यु


२२१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • बनेपा । काभ्रे जिल्लाको बनेपामा ग्याँस लिक भई घाईते भएका मध्यमा दुई जनाको निधन भएको छ । गत जेष्ठ १६ गते उपचारका क्रममा मंगलबार निधन भएको छ । जेठ १६ गते तेमाल गाउँपालिका वडा नम्वर ७ घर भई बनेपा नगरपालिका वडा नम्वर ७ को तरकारी बजारमा बस्दै आएका रत्नकुमार ठकुरीको परिवारका पाँच सदस्यहरु ग्याँस लिक भई दुर्घटनामा परेका थिए ।
    उनीहरुको किर्तिपुर अस्पतालमा उपचार भईरहेको थियो । दुर्घटनामा परेका पाँच मध्ये दुईको उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको आफन्त जेनिस लामाले बताए । निधन हुनेहरुमा १६ बर्षिय आयुष शाह ठकुरी र २६ बर्षिय रुकेश भनिने शुशिल ठकुरी शाह रहेका छन् ।
    आर्थिक अवस्था कमजोर भएका ठकुरीको परिवारको उपचारमा दैनिक ३ लाख भन्दा धेरै औषधी उपचारका लागि खर्च भएको छ । उक्त रकम जुटाउन नसक्दा उपचारमा समस्या त छँदैछ अर्काे तिर परिवारका दुई सदस्य गुमाउँदा थप पीडा थपिएको छ । ठकुरी परिवारले विषम परिस्थितीमा भएको उक्त घटनामा घाईते हुनेहरुको उपचारका लागि सहयोगका लागि सरकारसँग अनुरोध गरेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार