२०८१ फागुन ३, शनिबार | Sat, 15, Feb, 2025

तीन लाख घुसलिदैगर्दा वडा अध्यक्ष पक्राऊ


२७०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २४, शनिबार मा प्रकाशित ४ साल अघि
  • २४ जेठ, बुटवल । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ ।

    शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । उनीमाथि थप अनुसन्धान गरिने भुसालले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु