जेठ २४, बारा – बारास्थित सशस्त्र प्रहरीबलले भारतबाट नेपाल भि¥याउँदै गरेको १५ लाख नेपाली रुपैयाँसहित अवैध कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीले आज शनिबार सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको हो । कपडासँगै बोरामा लुकाई राखेको अवस्थामा उक्त बरामद गरिएको सशस्त्र प्रहरीका एसपी दिग्विजय सुवेदीले जानकारी दिएका छन् ।
विहान ४ बजे गस्तीको क्रममा अमरपुर नहर नजिकै एकजना तस्करले गस्ती टोलीलाई हेरेर कपडा र रकम सहितको बोरा पोको फालेर भागेपपछि बरामद गरीएको एसपी सुबेदीले बताएका छन् ।
बोरामा नगदसहित फेला परेको केही रेडिमेड कपडाको अन्दाजी बजार मुल्य ३३ हजार ५० भन्दा बढी रहेको अनुमान गरिएको छ । बारामा हुण्डी कारोवारी मौलाएको अनुमान गर्दै बरामद रकम र कपडा सम्बन्धित निकायमा बुझाउने तयारी सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस