२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

क्वारिन्टाईनमा ३१ बर्षिय युवकको मृत्यु


१८०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • २५ जेठ, डोटी । भारतबाट फर्किएर बैतडीको क्वारेन्टिनमा बसेका अर्का एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए ।

    साँझ एकाएक बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए ।

    मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । मृतकको दाहसंस्कार गर्ने विषयमा छलफल पनि भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए । ‘भारतबाट सँगै आएका मृतकका सहोदर भाइले आफूहरु सुरक्षित स्थानबाट सुरक्षित तरिकाले आएकाले कोरोना संक्रमण नभएको दावी गर्दैछन्,’ महराले भने, ‘उनीहरु अब शव सड्न नदिने भन्दै दाहसंस्कार गर्ने जिद्दी गरिरहेका छन् ।’ उनीहरुले हृदयघातका कारण मृत्यु भएको दावी गरिरहेको महरा बताउँछन् ।

    मृतकसँगै उनका भाइसहित अन्य १३ जना एउटै गाडीमा आएका थिए । उनीहरुमध्ये पाँच जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आएको महराले जानकारी दिए । सबैको स्वाव संकलनका लागि जिल्लामा भिटिएम किट नभएकाले मृतकको मात्रै स्वाब पठाइएको उनी बताउँछन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार