२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

सार्वजनिक यातायातमा सिट क्षमताको आधा यात्रु राखेर यातायात सञ्चालन गर्ने तयारी


३००१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – सरकारले भाडा बढाएर भए सार्वजनिक यातायात सञ्चालनको तयारी गरेको छ ।सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने गरिको नयाँ निर्देशिका तयार भएकाले सवारी सञ्चालकलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिएको हो ।

    यात्रुको स्वास्थ्य सुरक्षाका लागि यातायात व्यवसायी र स्वयम यात्रुलाई जिम्मेवार बनाउने गरि निर्देशिका लगभग तयार गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । प्रस्तावित मापदण्डअनुसार सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्रै यात्रु चढाइनेछ । सिट क्षमताको आधाभन्दा बढी यात्रु चढाए कारवाही हुनेछ । यसबारे ट्राफिक प्रहरीले नियमत अनुगमन गर्ने छ ।

    त्यसैगरी सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने छन् । यात्रुले आफैंले स्यानिटाइजर बोकेको हुनुपर्ने र मास्कको प्रयोग अनिवार्य गर्नुपर्नेछ । दैनिक रुपमा गाडीमा डिस-इन्फेक्सन स्प्रे छर्किनु पर्ने, यात्रुले गाडी कुर्दा तथा गाडीको प्रयोग गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतको प्रस्ताव गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार