२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तीन किशोरीलाई वलत्कार, चार पक्राऊ


१९०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित ४ साल अघि
  • २८ जेठ, कैलाली । कैलालीमा ३ जना किशोरी बलात्कार गरेको आरोपमा चार जना युवक पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला पक्राउ परेका छन् ।

    मंगलबार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा तीन जना किशोरीहरुमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरुलाई इलाका प्रहरी कार्यालय टिकापुरले पक्राउ गरेको विष्टले जानकारी दिए ।

    उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । विष्टले बलात्कारमा संलग्न अन्य व्यक्तिहरु फरार भएको र उनीहरुको खोजी भइरहेको पनि बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार